भारत सरकारले विद्यालय भवन बनाउन दश करोड अनुदान दियो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
भारत–नेपाल विकास साझेदारी कार्यक्रम अन्तर्गत नयाँ विद्यालय भवन निर्माणका लागि भारत सरकारले १० करोड ७० लाख अनुदान सहयोगदिने भएको छ ।
दार्चुला, धनुषा र कपिलवस्तुमा भारत सरकारले सो अनुदान सहयोगदिन लागिएको हो ।सोमबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भारतीय राजदूतावास र सम्बद्ध निकायका अधिकारीले अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेपछी एउटा विद्यालयलाई पहिलो किस्ताको रकम हस्तान्तरण गरिएको हो ।दार्र्चुलाको धापस्थित मालिकार्जुन उच्च माध्यमिक विद्यालय र धनुषाको तुलसियाहीस्थित वैद्यनाथ देवनारायण जनता उच्च मावि र कपिलवस्तुको महाराजगञ्ज नगरपालिकास्थित शिवभारी विद्यालयको भवन निर्माणका लागि महाकाली नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र महाराजगञ्ज नगरपालिकाबीच बेग्लाबेग्लै सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
विद्यालय भवनको बोलपत्र आह्वान, ठेक्का लगाउने, अनुगमनलगायतका काम सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ,महाकाली नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र महाराजगञ्ज नगरपालिकाले गर्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button