सिन्धुली अस्पतालमा प्रबेस गर्नु अघि साबुन पानिले अनिबार्य हात धुनु पर्ने



मेरो प्रदेश सम्वाददाता
सिन्धुली
बिश्वभरि माहामारिको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण बाट बच्न सिन्धुली अस्पतालमा प्रबेस गर्नु अघि साबुन पानिले अनिबार्य हात धुनु पर्ने भएको छ । आईतबार बाट पालना हुने गरि उक्त हात धुने अभियानको सुरुवात गरिएको हो । अहिले सिन्धुली अस्पतालको बाहिर एउटा धारा र साबुनको ब्यबस्था गरीएको छ । धाराको माथि अस्पताल हाता भित्र प्रवेश गर्दा साबुन पानिले १ मिनेट सम्म मिचिमिचि हात धोएर मात्र प्रबेश गर्न आग्रह गरीएको छ । कोेरोनाबाट मात्रै नभई बिभिन्न रोगको संक्रमणबाट बच्न समेत सकिने हुनाले एउटा सानो तर राम्रो कामको सुरुवात गरिएको सिन्धुली अस्पतालका अध्यक्ष प्रलाद कुमार पोख्रेलको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button