रम्दैया गाउँमा घरेलु मदिरा पिएर मृत्यु भएकाहरुको परिवारलाई प्रदेश सरकारले जनही तीन–तीन लाख रुपैयाँ राहतस्वरुप प्रदान गर्ने



मेरो प्रदेश सम्वाददाता
धनुषा
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका रम्दैया गाउँमा घरेलु मदिरा पिएर मृत्यु भएकाहरुको परिवारलाई प्रदेश सरकारले जनही तीन–तीन लाख रुपैयाँ राहतस्वरुप प्रदान गर्ने भएको छ ।प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतले घरेलु मदिराको कारण सबैभन्दा बढी मृत्यु हुने क्षिरेश्वरनाथ नगरपालिका सिथत रम्दैया गाउँमा सोमबार विहान पुगेर पीडित परिवारलाई समवेदना प्रकट गर्दै राहत स्वरुप तिनलाख रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।
राहत घोषणा गर्ने क्रममा उनले विषाक्त मदिरा विक्री वितरण तथा उत्पादन गर्नेलाई कानून बमोजिम कारवाही गरीने स्पष्ट पार्दै प्रदेश २ लाई चाडै ‘खुल्ला मदिरामुक्त प्रदेश’ घोषणा गर्ने जानकारी गराए ।
घोषना कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आजै सुरक्षा समितिको बैठक बसेर खुल्ला मदिरा नियन्त्रणका साथै दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउने लगायतको विषयमा निर्णय गरिने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button