श्रोत नखुलेको १२ लाख ३६ हजार नेपाली रुपैयाँसहित दुईजना भारतीय नागरिक पक्राउ

मेरो प्रदेश सम्वाददाता
बारा
पथलैया(वीरगञ्ज सडकखण्ड अन्तरगत बाराको जितपुर क्षेत्रबाट शसस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प जितपुरले श्रोत नखुलेको १२ लाख ३६ हजार नेपाली रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको रघुनाथपुर घर भएका इनामोल मियाँ र सोही ठेगानाका इशर आलम रहेका छन । उनिहरु
बिआर ०५ जेट १३८३ नम्बर भारतीय मोटरसाइकलको डब्बामा लुकाइछिपाइ नेपाल ल्याइरहेको १२ लाख ३६ हजार रुपैयाँसहित पक्राउ परेका हुन । नेपाल भारत सीमा नाकाबाट बारातर्फ आउँदै गरेको सूचना पैहरीले पाएपछि पच्छाउँदै जाने क्रममा रकमसहित दुई उनिहरुलार्ई प्रकाउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैजनालाई रकम सहित आइतबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको बताईएको छ ।