मदिरा सप्लायर्ससहित सातजना पक्राउ



मेरो प्रदेश सम्वाददाता
धनुषा


धनुषामा अवैध विषाक्त घरेलु मदिरा सेवनबाट आठजनाको मृत्यु भएको घटनामा प्रहरीले मदिरा सप्लायर्ससहित सातजनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २९ देखि चैत १ गतेसम्म विषाक्त अवैध घरेलु मदिरा सेवनबाट क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर १ र २ को रमदैयामा मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मदिरा सप्लायर्स महोत्तरीको भंगहा नगरपालिका–३ सखरीटोलका जगतनारायण मण्डल, बिक्रेताहरु लक्ष्मीनिया गाउँपालिका–६ बगेवाका नवीन यादव, घुरन यादव, रमदैयाका तारापट्टीवाली भनिने छठिया देवी, जयकुमार यादव, रामनन्दन साह र जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलका शितल देवी यादव रहेका छन् ।

महोत्तरीको भंगहामा बनेको विषाक्त घरेलु मदिरा जगतनारायणमार्फत विभिन्न ठाउँका साथै रमदैयामा समेत लुकिछिपी बिक्री गरिँदै आएको थियो । सोही मदिरा सेवनबाट यति ठूलो संख्यामा सर्वसाधरणको मृत्यु भएको हो । भंगहामा निर्मित उक्त मदिरा ब्राण्डेड मदिरा कम्पनीको बोतलमा प्याक गरी बिक्री वितरण गरिँदै आएको प्रहरीले बताइएको छ ।

प्रहरीका अनुसार अहिलेसम्म मदिरा सेवनबाट आठजनाको मृत्यु भएको छ । प्रहरीले रमदैया–१ का रामनारायण महरा, वडा नम्बर–२ का ब्रह्मदेव यादव, रामविलास मण्डल, गुदरी महरा, राजु महरा, इन्द्रजित महरा, शत्रुध्न मण्डल, श्रीदेव यादवको मृत्यु भएको हो । यसैगरी रामईश्वर महरा, प्रदीप सादा, भरत मण्डल, मनिर नादाफ, भरत सादा र सीताराम यादवको अवस्था गम्भीर रहेको छ । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button