छोरो अपहरणमा परेको भन्दै प्रहरीमा झुठो उजुरी दिने बावु पक्राउ



मेरो प्रदेश सम्वाददाता
सप्तरी
छोरो अपहरणमा परेको भन्दै प्रहरीमा झुठो उजुरी गर्ने बाबुलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढा घर भएका ३६ वर्षिय जासर मियाँ रहेका छन् ।


मियाँले शुक्रबार बिहान २ः३० बजे मोटरसाइकलमा आएका २÷३ जना अज्ञात व्यक्तिले घरमा सुतिरहेका ११ वर्षीय छोरा ज्याउद्दिनको अपहरण गरेको भन्दै सुरक्षा वेश क्याम्प पत्थरगाढामा उजुरी दिएका थिए ।

बालक अपहरण भएको खबर पाउना साथ जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय पातो र सुरक्षा वेश क्याम्प पत्थगरगाढाको संयुक्त प्रहरी टोलीले तुरुन्तै खोजतलास सुरु ग¥यो ।

शंकास्पद स्थानका साथै भारतीय सीमा सुरक्षा अधिकारीसँग पनि समन्वय गरी प्रहरी खोजतलासमा खटिए । खोजतलासकै क्रममा बालक ज्याउद्दिनलाई घरबाट ५ सय मिटरको दुरीमा रहेको दिदीको घरबाट प्रहरीले फेला पा¥यो । बालकले आफूलाई कसैले अपहरण नगरेको तथा दिदीलाई भेट्ने इच्छा भएकाले यहाँ आई बसेको बयान दिएका छन् ।

आफु दिदीको घरमा आएको बुबा जासरलाई पनि थाहा भएको बालक ज्याउद्दिनले बताए मियाँले गाउँका धेरै व्यक्तिसँग लेनदेनका विषयलाई लिएर तनावमा रहेकोले छोरो अपहरणको नाटक गरी ऋण र लेनदेनका तनावबाट उन्मुक्ति पाउने नियतले समेत बनावटी उजुरी दिएको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाई छ ।

बालकलाई आमाको जिम्मा लगाइएको छ भने प्रहरी नियन्त्रणमा रहेका जासर मियाँलाई झुठो उजुरी दिएको आरोपमा कारवाही प्रक्रिया अघि बढाइएको प्रहरी निरिक्षक बाबुराम कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button