पाँच वर्षदेखि मुआब्जाको पर्खाइमा बर्दिवासवासी

मेरो प्रदेश सम्वाददाता
महोत्तरी
बर्दिवास – जयनगर रेल सेवा विस्तारको स्थलगत अवलोकनमा शनिवार बिहान महोत्तरीको बर्दिवास पुगेका सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग बर्दिवास क्षेत्रमा रेलवेमा आफ्नो जग्गा पर्ने जग्गाधनीले पाँच वर्षदेखि आफ्नो जग्गा रोक्का राखिए पनि मुआब्जा भने नतोकिएको गुनासो गरेका छन । उनिहरुले मन्त्री संग भने
‘मन्त्रीज्यू, हामीले हाम्रो घरजग्गा सम्पत्ति पनि आफ्नो भन्न पाएनौँ, मुआब्जा पनि पाएनौँ,’ बर्दिवासमा मन्त्री नेम्वाङसँ भेटेर रेल विस्तारमा जग्गा परेका बर्दिवास–१४ का खड्गबहादुर सिंहले भने, ‘रेल विभागले हाम्रो जग्गा भने रोक्का गरेको पाँच वर्ष भइसक्यो, तर मुआब्जा तोक्ने र वितरण गर्ने चालचुल गरेको देखिँदैन ।’
जग्गाधनीले हालको प्रचलित दररेट अनुसारको मुआब्जा चाँडै तोकेर वितरण गरिदिन मन्त्रीलाई आग्रह गरेका छन् । हामी आफ्नै घरमा राम्ररी सुत्न, बस्न सकेका छैनौँ, बसिरहेको घर जग्गा रेल विभागले रोक्का गरेको छ,’ ‘दिनदिनै जग्गाको मूल्य आकाशिँदै छ, रेल विभागले भने मुआब्जा दिने सुरसार नै देखाएन, अब ओत लाग्ने ठाउँ कहाँ खोजिदिनु पर्याे मन्त्रीज्यू ?’अर्का एक स्थानियले भने
मन्त्रीसँग भेटेका उनीहरुले एकै स्वरमा चाँडो भन्दा चाँडो् मुआब्जा टुङ्ग्याइदिन आग्रह गरेका छन् । रेल विस्तारका लागि प्रस्तावित जग्गाको मुआब्जा अब चाँडै टुङ्ग्याएर काम अघि बढ्ने मन्त्री नेम्वाङले जग्गाधनीलाई आश्वस्थ बनाएका छन् ।