कोरोनाबाट बच्न राजविराज कारागारमा सतर्कता

मेरो प्रदेश सम्वाददाता
सप्तरी
१ सय २५ कैदी बन्दी क्षमता रहेको राजबिराज कारागारमा हाल क्षमता भन्दा तेब्बर कैदीरबन्दी राखिनाले कारागारको अवस्था अस्त ब्यस्त भएको छ । हाल १७ महिला सहित ३ सय ३४ कैदीरबन्दी राखिएको सो कारागारमा ‘एक जनालाई रोगको संक्रमण भएमा केही दिनमै धेरैलाई फैल्न सक्ने भएकाले कैदी बन्दीलाई विगत एक सातादेखि कोरोना भाइरस संक्रमणबाट बच्ने उपायबारे सचेतना अभियान चलाउनुका साथै भेटघाटमा समेत कडाई गरिएको छ ।
करागारका हरेक कैदीबन्दीलाई मास्क उपलब्ध गराउनुका साथै उनीहरुलाई भेटन आउने आफन्तहरुलाई समेत मास्क तथा पंजा प्रयोग गर्न लगाइएको छ । उनिहरुलाई फोहोरमैलाको उचित व्यवस्थापन, सरसफाई र साबुन पानीले नियमित हात धुनेलगायतका काममा विशेष ध्यान दिइएको तथा अतिआवश्यक काम बाहेक भेटघाटमा कडाई गरिएको बताईएको छ ।
सरकारले कोरोना भाईरसको जोखिममा ध्यानमा राख्दै भिडभाडमा नबस्न तथा सभा सम्मेलनको आयोजना नगर्न आग्रह गरिरहेका बेला राजविराज कारागारमा ठुलो संख्यमा कैदीबंदीलाई कोचाकोच गरि राखिएकाले जोखिम बढेको कैदीबन्दीहरुको भनाई छ । चिकित्सकहरुले एकैथलोमा यति ठुलो संख्यामा कैदीबन्दी राख्दा कोरोना भाइरसको जोखिम बढने भन्दै यसको उचित व्यवस्थापन गर्न सुझाव दिएको जेलर सत्य नारायण यादवले बताए ।