महोत्तरीमा वन माहुरीको टोकाइबाट आधा दर्जन मानिस घाइत

मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीमा वन माहुरीको टोकाइबाट आधा दर्जन मानिस घाइते भएका छन् । महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथाना गाउँको मंगलनाथ मन्दिरनजिकै रहेको धारामा होली सकेर नुहाउन गएका मानिसहरूलाई बिहीबार वन माहुरीले टोक्दा उनीहरू गम्भिर घाइते भएका हुन् ।
घाइते हुनेमा स्थानीयहरु अरविन्द यादव, सोनु यादव, विक्की यादव, सचिन्द्र यादव, सुजित यादव र अशोक यादव लगायतका रहेका छन् ।
जीउभरि सयौँको सङ्ख्यामा वन माहुरीले टोकेर घाइते भएका उनिहरुकोे उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ ।