नमस्ते गर्ने बानीले काेराेनाबाट जाेगाउछ ।



अहिले विश्वकाे धेरै मुलुकमा काेराेना भाइरसकाे सन्त्रास देखिएकाे छ । काेराेना सर्ने डरले मानिसहरू एक अर्काकाे नजिक त बस्न मन पराउदैनन झन हात मिलाउनु त  परकाे कुरा हाे । गत महिना भारत भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भारत सरकारले स्वागतका लागि ‘नमस्ते ट्रम्प’  कार्यक्रमकाे   आयोजना   गरेको थियाे ।  राष्टपति  ट्रम्पले पनि दुई हात जोडेर गुजरातको अहमदाबादमा भारतीय जनतालाइ मुस्कुराउदै नमस्ते गरेका थिए ।


त्यतिबेला  विश्वमा काेराेना भाइरसकाे  संक्रमण फैलिसकेको थिएन ।  तर अाज काेराेना भाइरसले भारतमा एक जनाकाे मृत्यू  समेत भैसकेकाे छ ।  चिनकाे वुहान प्रान्तबाट फैलिएकाे काेराेनाकाे विश्‍वभर संक्रमण अनियन्त्रित रुपमा फैली रहेकाे अवस्थामा हात मिलाउने प्रथा बन्द गरेर धमाधम ‘नमस्ते’ गर्न थालेका छन् ।

नमस्ते गर्नेहरूकाे अग्रपंक्तीमा विश्वका शक्तीशाली अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, फ्रेन्च राष्ट्रपति इम्यानुएल म्याक्रोँ, स्पेनी राजा फेलिप पाचौँ र रानी लेतिजिया, आइरिस प्रधानमन्त्री लियो बरादकार, बेलायती राजकुमार चार्ल्स, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु लगायत नेताहरुले नमस्ते गर्न थालेका छन् ।

विश्‍वका प्रभावशाली नेताहरुमाझ हात मिलाउनुको सट्टा नमस्ते गर्ने शैली अभ्यस्त भइसकेको छ  ।  विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण  हुन  सक्सने  भन्दै हात मिलाउनु जोखिमपूर्ण हुने चेतावनी दिएपछि नेपाल, भारत लगायत पूर्वीय हिन्दू सभ्यतामा प्रचलित नमस्ते गर्ने प्रचलन हाल विश्वका शक्तीशाली देशका नेताहरू माझ लाेकप्रिय भएकाे छ ।

नमस्ते गर्दा काेराेना मात्रै नभइ अन्य राेगहरू सर्न सक्ने जाेखिम  बाट समेत बच्न सकिन्छ । पूर्वीय हिन्दू सभ्यतामा सदियौँदेखि दुइहात जाेडेर  नमस्ते गर्ने पम्परा रहिअाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button