धनुषामा घरेलु मदिरा सेवनबाट एकै गाउँका छ जनाको मृत्यु



मेरो प्रदेश सम्वाददाता
धनुषा
धनुषामा घरेलु मदिरा सेवनबाट एकै गाउँका छ जनाको मृत्यु भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित रमदैया भवाडीमा मदिरा सेवनबाट बिहीबार राति छ जनाको मृत्यु भएको हो । होली पर्वमा अत्यधिक घरेलु मदिरा सेवन गर्नाले उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–२ रमैदयाका ३५ वर्षीय बह्मदेव यादव, ३० वर्षीय राजु महरा, ३६ वर्षीय गुदरी महरा, ३० वर्षीय रामनारायण महरा, ४२ वर्षीय बिलास मण्डल र परवाहाका गिरिजानन्द झा रहेका छन ।
मृतृयु हुनेहरुलाई शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको बताईएको छ । घटनाको अनुसन्धानमा मृतकको घरपरिवारसँग सोधपुछ जारी रहेको धनुषा प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button