अपहरण गरिएकी बालिकाको उद्धार, १४ जना पक्राउ



मेरो प्रदेश सम्वाददाता
उदयपुर
१४ वर्षीय बालिका अपहरण गरेको आरोपमा प्रहरीले विप्लव समूहका १४ कार्यकर्तालाई पक्राउ गरेको छ । धनुषाको गणेशनाथ चारनाथ नगरपालिका( ५ गौरीखेलकी १४ वर्षकी गरिमा मोक्तानको अपहरण गरेको आरोपमा प्रहरीले विप्लव समूहका १४ कार्यकर्तालाई उदयपुरबाट पक्राउ गरेको हो ।


बुधबार साँझ अपहरणमा परेकी बालिकाको बिहीबार दिउँसो ३ बजेतिर प्रहरीले उद्दार गरेको हो । ती बालिकालाई लडाकु बनाउने उद्देश्यले विप्लव समूहले कब्जामा लिएको प्रहरीको अनुसन्धानबाट खुलेको बताईएको छ ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले ३ थान पेस्तोल र ११ थान सकेट बम र प्रेसरकुकर बम समेत बरामद गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button