धर्मेन्द्र कुमार साह बिरुद्ध ओषधी व्यवसायी आन्दोलनमा उत्रिने

मेरो प्रदेश सम्वाददाता
धनुषा
जनकपुरधामका मेयर लालकिशोर साहको खास मान्छेका रुपमा चिनिएका रुफटप रेष्टुरेन्ट जनकपुरधामका सञ्चालक धर्मेन्द्र कुमार साह बिरुद्ध ओषधी व्यवसायी आन्दोलनमा उत्रिने भएका छन ।
साहले ओषधी व्यवसायी संघ धनुषाका पूर्व महासचिव प्रमोद अग्रवाल ‘पप्पु’ लाई कुटपिट गरेपछि नेपाल औषधी व्यवसायी संघ धनुषाले चैत ९ गतेदेखि औषधी पसलहरु बन्द गरेर आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।
कुटपिटको घटनापछी हालसम्म शाहलाई कानूनी कार्वाही नगरेको भन्दै औषधी व्यवसायीहरुले आफ्ना पसलहरु बन्द गरेर आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।
नेपाल औषधी व्यवसायी संघ धनुषाका महासचिव तेज नारायण चौधरीले फागुन २६ गते दिउँसोको समयमा आफ्ना संगठनका पदाधिकारी अग्रवाललाई कुटपिट गरेको भन्दै घटनामा संलग्न साहलाई चैत ९ गतेसम्म कानूनी कारवाही नगरे जिल्लाका सम्पूर्ण औषधी पसलहरु बन्द गरी आन्दोलन गर्न बाध्य हुने बताएका छन् ।
स्थानीय जनकपुर टेलिभिजनका संचालक समेत रहेका अग्रवालले शाह बिरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी समेत दर्ता गराइसकेका छन् । यसैगरी प्रहरीले साहको खोजी गरीरहेको जनाएको छ ।
शाहले यसअघि पनि जनकपुरधाम स्थित अक्षर विद्या मन्दिरका संचालक पंकज जालानलाई कुटपिट गरेका थिए ।