कम्पनी रजिष्टारका दुई कर्मचारी अख्तियारको नियन्त्रणमा



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्टारको कार्यालय, त्रिपुरेश्वरबाट दुईजना नियन्त्रणमा लिएको छ । अख्तियारले कार्यालयका नायब सुब्बा डोरप्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । पन्थी र श्रेष्ठ दुबैजनाले अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि आएका व्यक्तिहरुबाट काम सहज गरिदिए वापत्
पाँच हजार रुपियाँ घुस लिदै गर्दा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button