कर्मचारी माग गरेपनी एक जनाले समेत निवेदन नदिँदा रेल सेवा सञ्चालन अनिश्चित बन्दै



मेरो प्रदेश सम्वाददाता
जनकपुर
नेपालकै एकमात्र रेलवे सेवा भनेर चिनिने जयनगर–जनकपुर रेलसेवा सञ्चालन अनिश्चित बन्दै गएको छ ।
कम्पनीले रेल सेवा सञ्चालनका लागि २६ जना कर्मचारी करारमा भर्ना गर्न १५ दिनको म्याद सहित फागुन ९ गते कर्मचारी आवेदन माग गरेपनी आवेदनको अन्तिम म्यादसम्मएक जनाले समेत निवेदन नदिँदा उक्त रेल सेवा सञ्चालन अनिश्चित बन्दै गएको हो ।
कर्मचारीकालागी एकजनाले समेत निवेदन नदिएपछी रेल कम्पनीले कर्मचारी भर्ना गर्न ‘ग्लोबल’ विज्ञापन गर्ने तयारी गरिरहेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।
उनका अनुसार नेपालभित्र प्राबिधिक कर्मचारी नपाईएकाले विदेशी नागरिकलाई समेत करार सेवामा भर्ना लिने गरी नयाँ विज्ञापन निकाल्ने तयारी भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button