पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्विस कम्पनीका नेपाली एजेन्ट विजयप्रकाश मिश्रसँग ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा
बुधबार बिहान बम विस्फोट भएको छ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ मनोहरा फाँट स्थित बिहान पौने ८ बजे बाँस्कोटाको घरमा प्रेसर कुकर बम विस्फोट भएको हो।
विस्फोटबाट बाँस्कोटाको निर्माण हुँदै गरेको घर परिसरमा राखिएको मारुती भ्यानमा क्षति पुग्नुको
साथै घरवरपरका अन्य घरमा पनि विस्फोटले क्षति र्पुयाएको स्थानीयले बताएका छन्।
बम विस्फोट कसले र किन गरायो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button