सप्तरीमा सडक दुर्घटना , एक बालकसहित दुइ जनाकाे मृत्यू



सप्तरीमा आज भएको  छुट्टाछुट्टै घटनामा परी एक बालकसहित दुई जनाको मृत्यु भएको छ । सप्तरीको फतेपुरमा बा ४१  प ६८६३ नम्बरको  मोटरसाइकल र प्रदेश नं १–०२–०४१ प ७७६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।


मृत्यु हुनेमा बा ४१  प ६८६३ नम्बरका मोटरसाइकल चालक सप्तरी  कञ्चनरुप  नगरपालिका–६ बस्ने  २६ वर्षीय  चन्द्रमान श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । सो  दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको आज साँझ विराटनगरस्थित अस्पतालमा उपचारको लागि लगिँदै गर्दा बीच बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रदेश नं १–०२–०४१ प ७७६१ नम्बरको मोटरसाइकलमा सवार सप्तकोशी नगरपालिका– १ बस्ने २८ वर्षीय  अशोक साह र २३ वर्षीय सनी साह रहेको प्रहरीले जनाएको छ । खुट्टा भाचिएर घाइते भएका उनीहरुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान  प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको  छ ।

यस्तै  सप्तरीको बोदेवरसाइन वडा नं ८ स्थित पोखरीमा दुई वर्षीय बालकको आज डुबेर मृत्यु भएको छ  । मृत्यु हुने बालक अविनासकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक बाबुराम कार्कीले बताए । उनी खेल्दा खेल्दै पोखरीमा लडेर डुबेको स्थानीयवासीको भनाइ छ  ।

साभार राताेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button