कटारीबाट काठमाडौं जाँदै गरेको बस ट्रकसँग ठोक्कियो



मेरो प्रदेश सम्वाददाता
चितवन
नारायणगढ–मुग्लिन सडकखण्डमा बिग्रिएर रोकिराखेको ट्रकमा बसले ठक्कर दिँदा ११ जना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका–२९ सिमलतालमा बिग्रिएर रोकिराखेको ना ५ ख ९६२२ नम्बरको ट्रकमा कटारीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख १५९२ नम्बरको बस सोमबार बिहान ठोक्किएको थियो ।
ठक्करबाट बसमा यात्रा गरिरहेका ३१ जना मध्ये १० र ट्रकका चालक गरी ११ घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।
घाइतेमध्ये पाँचजनाको चितवन मेडिकल कलेज र ६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
ठक्कर दिने बस र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको र घाइते सबैको अवस्था खतरामुक्त रहेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button