कोरोनाको त्रास , मंगलबारको उपबास र महंगीले होलीको उल्लासमा कमी



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
काठमाडौं सहित पहाडी जिल्लामा सोमबार होली मनाईंदै छ । हिन्दु धर्माबलम्बीका मुख्य पर्वको रुपमा परिचित होली पर्वका लागि प्रदेश २ सरकारले सोमबार र मंगलबार गरी २ दिन सार्वजनिक बिदा दिएको छ ।
मिथिला पंचाङ्गका अनुसार यस बर्ष तराईमा होली मंगलबार परेको छ । होलीमा माछा मासुलाई मुख्य परिकारका रुपमा खाने चलन भएपनी मंगलबार अधिकांश मधेशी समुदायले माछा मासु नखाने र उपबास बस्ने भएकाले यस पटक होलीको उत्साहमा कमी आउने भएको छ । ‘बर्ष दिनमा एक पटक आउने चाँड यसपल्ट मंगलबारका दिन पर्दा माछा मासु खान नपाउने चिन्तासँगै कोरोना भाइरसको त्रासका कारण खुलेर साथी भाईसँग पर्व मनाउने योजना पनि नभएको महोत्तरी बर्दिवास ९ निवासी सुरेन्द्र कुशवाहा बताउछन ।
यसैगरी मंगलबार उपबास परेकाले आफुहरुले बुधबार मात्र होली मनाउने योजना बनाएको बर्दिवासका स्थानिय देबेन्द्र कुशवाहा को भनाई छ ।
यस पर्वमा उपयोग गरिने रंग, अबिर, पिचकारी, बैलुन ,प्रसाद र विभिन्न परिकार सामग्रीहरुको मुल्य पनि आकाशिएकाले सर्वसाधारणलाई पिरोलेको छ । स्थानिय बजारमा त्यस्ता सामग्रीहरुको मुल्य अत्याधिक छ,। महँगी नियन्त्रणको प्रयास कतैबाट नहुँदा पनि यस पटकको होली पर्वको तयारी उत्साहजनक हुन सकेको छैन ।
कोरोना भाइरसको त्रासले पनि होलीको उत्साहमा कमी ल्याएको छ । ‘कोरोना भाइरसको त्रासका कारण माछा मासुको व्यापारमा पनि ठुलो गिराबट आएको स्थानिय मासु व्यवसायीहरुको भनाई छ ।
यस पल्ट कोरोना भाईरसको त्रास र मधेशी समुदायले मंगलबार माछा मासु कमैलेमात्र खाने दिन होली पर्व परेकाले आफुहरुको व्यवसाय नै संकटमा परेको एक मासु व्यवसायीले बताए । बिगतमा होलीका अवसरमा महोत्तरीका कला तथा सांस्कृतिक समुहहरुले विभिन्न कार्यक्रमको आयोजना गरेपनी यस बर्ष सबै कार्यक्रम रद गरिएको छ । कोरोना भाइरसको बढदो संक्रमणलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय महोत्तरी तथा जिल्ला भरीका स्थानिय तहले सभा, सम्मेलन, भेला, सार्वजनिक कार्यक्रम नगर्न ,भिड्भाड्मा सामेल नहुन र सर्तकर्ता अपनाउन अनुरोध गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button