जनकपुर आइपुग्यो मिथिला माध्यमिकी परिक्रमा



मेरो प्रदेश सम्वाददाता
धनुषा
मिथिलाञ्चलकै धार्मिक एवं सांस्कृतिक उत्सवको रुपमा चिनिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा आईतवार जनकपुर आइपुगेको छ । फागुनको औसींका दिन धनुषाको कचुरी,मिथिलाविहारी मन्दिरबाट हरेक बर्ष शुरु हुँने यो परिक्रमा यस बर्ष पनी शुरुभई आज जनकपुर आइपुगेको हो ।


परिक्रमा आइपुगेका यात्री तथा श्रद्धालुहरुले
राति जनकपुरधामको बाह्रविघामा आराम गरेपछी भोलि विहान जनकपुरको अन्तर गृह परिक्रमा गरेपछि विधिवतरुपमै परिक्रमाको समापन हुनेछ ।
मिथिलाञ्चल माध्यमिकी परिक्रममा भाग नलिकाहरुले अन्तरगृह परिक्रममा सहभागि हुने गर्दछन् । अन्तगृह परिक्रमामा जनकपुरधामको परिक्रमा गरिन्छ र यसलाई पंचकोशी परिक्रमा पनि भन्ने गरिन्छ ।

१५ दिनसम्म गरिने मिथिला बिहारीको डोला सँगै परिक्रमा गर्दा मनोआकान्क्षा पुरा हुने धार्मिक विश्वास रहिआएको छ । परिक्रमामा धेरैजसो वृद्धवृद्धाहरु सहभागी हुने गर्दछन ।

नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी लगायत भारतको बिभिन्न स्थानबाट समेत हजारौहजार श्रद्धालुभक्तजन तथा साधुसन्तहरु परिक्रममा सहभागि हुने गर्दछन् ।
मिथिला महात्मयमा उल्लेख भए अनुसार वृहत, मध्यमा ,लब्धी गरि तीन प्रकारको परिक्रमा छ जसमध्ये मध्यमा अर्थात मिथिला माध्यमिकी परिक्रमाको आफनै विशेषता रहि आएको छ । फागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट शुरु हुने मिथिला बिहारीको डोला र जनकपुरको अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर हुँदै जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको शुरुवात हुने गरेको छ ।

परिक्रमाका श्रद्धालुहरु टायर गाडा ,साईकल र टाउकोमा बन्दोबस्ती र खाद्यान्नको समान बोकेर हरेक दिन स्थान परिवर्तन गर्दै ठाउँ ठाउँमा बास बसेर भजन कित्र्तन गर्ने गर्दछन ।
नेपाल तथा भारतको धार्मिक सांस्कृतिक एवं पारम्परा ,सदभावका रुपमा रहेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेका छन् । धनुषाको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर तथा फुलहर हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड हुँदै परिक्रमा कञ्चनवन पुग्दछ । कञ्चनवनमा परिक्रमावासीहरु एक आपसमा होली खेले पछि औपचारिक रुपमा मिथिलामा होलीको शूरुवात भएको मानिन्छ । त्यसपछि धनुषाको पर्वता, धनुषाधाम, सतोषर ,औरही, विशौल हुँदै पुनः कल्याणेश्वर पुगेर जनकपुर फर्केर विश्राम गर्छन् ।
फागुन पुर्णिमाका दिन परिक्रमा गर्नेहरु जनकपुरको अन्तगृह परिक्रमा पुरा गरेर घर फर्कने गर्दछन् । परिक्रमामा सहभागी यात्रीहरुले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटरकोे पैदलयात्रा गर्ने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button