आफैँलाई गोली हानेर सशस्त्र प्रहरी घाइते



मेरो प्रदेश सम्वाददाता
सर्लाही
ड्युटीमा खटिरहेकै समयमा सशस्त्र प्रहरीका एक जवानले आफैँलाई गोली हानेर गम्भीर घाइते भएका छन् । सर्लाहीको सशस्त्र प्रहरी बल १० नं गण कविलासीमा कार्यरत ३० वर्षीय आन्नद मिश्रा आफैँले बोकेको एसएलआरबाट घाटीमा गोली हानेर घाइते भएका हुँन ।
सर्लाही बलरा नगरपालिका घर भएका घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार पछी थप उपचारका लागि वीरगञ्ज पठाइएको र घटनाको बिषयमा थप अनुसन्धान भईरहेको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button