बाराका पत्रकार बिरेन्द्र साहको हत्याका आरोपी १२ बर्षपछि पक्राउ



बाराका पत्रकार बिरेन्द्र साहको हत्याका आरोपी कुन्दन फौजदार १२ बर्षपछि पक्राउ परेका छन् । गएराती बिशेष सूचनाको आधारमा बाराको बारागढी गाँउपालिका–६ गडहलगाँउ स्थित घरैबाट फौजदार पक्राउ परेका हुन् ।  २०६४ साल कार्तिक १८ गते पत्रकार साहलाई बाराको ढोडिया पिपरागाँउ नजिकैबाट तत्कालीन सशस्त्र माओबादी कार्यकर्ताले अपहरण गरेका थिए ।


साहसंगै मोटरसाईकलमा गएका उनका सहयोगी रामकुमार दासलाई कुटपिट गरी मोटरसाईकलसहित पिपरा नजिकैको जंगलमा हातमुख बाँधेर छोडेका थिए ।
अपहरित पत्रकारको अवस्था सार्वजनिक गर्न अन्तरराष्ट्यि स्तरमा आवाज उठन थालेपछी खोजतलास गर्दैजाँदा अपहरणको झण्डै एकमहिनापछि प्रहरीले पत्रकार बिरेन्द्र साहको शव फेला पारेको थियो ।

बाराको पपिरा गाँउबाट करीव ६ किलोमिटर टाढा जंगलमा खाल्डो खनेर पुरिएको अवस्थामा पत्रकार साहको शव प्रहरीले बरामद गरेको थियो ।

साहको हत्यामा संलग्नरहेको आरोपमा माओबादी कार्यकर्ता हरेराम पटेल, लगायत दुुई जनालाई यस अघिनै प्रहरीले पक्राउ गरिसकेको थियो ।

१२ बर्षपछी पक्राउपरेका पत्रकार बिरेन्द्र साहको हत्याका आरोपी कुन्दन फौजदारलाई सार्वजनिक गर्न पत्रकार सम्मेलनको तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले बताएका छन् ।

स्वर्गीय पत्रकार बिरेन्द्र साह तत्कालीन स्पेस नेटवर्कबाट सञ्चालित स्पेसटाईम दैनिक  र तत्कालीन मनकामना एफएम हेटांैडाको सम्बाददाता थिए ।

साभार राताेपाटी अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button