आज ११० औं अन्तर्राष्ट्रिय नारी दिवस



 


आज ११० औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी  मनाइँदैछ ।  हरेक वर्ष ८ मार्च  का दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर याे दिवस मनाउन थालिएकाे हाे । नेपालमा नारी दिवसका दिनै सरकारी तवरबाटविविध कार्यक्रम  हुंदै अाएकाेमा यस वर्ष कोरोना भाइरसको त्रासका कारण याे दिवसकाे सबै कार्यक्रम  स्थगित गरिएकाे छ ।

सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी  पदमा अासिन   भएपछि  सन १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग सहित त्यहाँका महिला मजदुरले हडताल र विशाल जुलुस प्रदर्शन गरेका थिए ।

महिला अधिकारको माग गर्दै  सुरू भएकाे साे आन्दोलनको स्मरण स्वरूप अाज  ८ मार्चलाई   महिला मुक्तीकाे दिवसकाे रूपमा मनाउने गरिन्छ ।

जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा  मनाउने  प्रस्ताव अघि सारेकी  थिइन् । उक्त सम्मेलनले साे प्रस्तावलाइ सर्वसम्मतले पारित गर्दै  सन् १९११ देखि महिला दिवस मनाउन थालिएकाे हाे ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button