भन्सार छली नेपालतर्फ ल्याउदै गरेको बिभिन्न भारतीय सामान बरामद



मेरो प्रदेश सम्वाददाता
बारा
बारा प्रहरीको गस्ती टोलीले सिमावर्ती भारतीय बजार घोडाशहनबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको ठूलो परिमाणमा बिभिन्न भारतीय सामान सहित ८ वटा मोटरसाईकल र ४ साईकल
बरामद गरेको छ । प्रहरीले बिशेश सूराकिको आधारमा सिम्रौनगढ नगरपालिका–९, बसवरिया गाउँछेउबाट सो सामान बरामद गरेको हो ।
गस्ती टोलीले ८ थान मोटरसाइकल, ४ थान साईकल, २१ क्वीन्टल भारतीय प्याज, ४८ थान प्लास्टिकको कुुर्सी, ९ टिन १ सय ३५ लिटर खाने तेल बरामद गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।
बरामद भएको सामान आवश्यक कारवाहीका लागि शुक्रबार वीरगञ्ज भन्सार कार्यालय पठाईएकोे बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button