यस वर्ष हाेली नमनाउन जिल्ला प्रशासन कार्यालयकाे अपिल



काेराेना भाइरसका कारण  जिल्ला प्रशासन कार्यालय काठमाडौले यस वर्षको होली  पर्व   नमनाउन  सबैलाइ आग्रह गरेको छ । भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलनजस्ता कार्यक्रमहरु आयोजना नगर्न  समेत कार्यलयले अपिल गरेकाे छ ।


बिहीवार  एक सूचना  जारी गर्दै  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाल कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको भनेपछि उच्च सतर्कता अपनाउन कार्यलयले सुचना मार्फत अपिल गरेकाे  हाे । साथै विभिन्न सभा समाराेह ,कार्यक्रम नगर्न नगराउन अाग्रह गरेकाे छ ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व कार्यक्रमको आयोजना नगर्न र यस्ता कार्यक्रममा सहभागी नहुन अनुरोध गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button