अवैध चाँदीको गहना र लागुऔषध सहित पर्साबाट २ जना पक्राउ



मेरो प्रदेश सम्वाददाता
पर्सा
पर्सा प्रहरीले वीरगञ्जको गण्डक चौकमा चेकजाँच गर्ने क्रममा नुवाकोटको पगर गाउँपालिकाका राजु लामा उपनाम गरेका टिक राम तमाङ्गलाई पक्राउ गरेको छ ।
प्रहरीले तमाङ्गको शरीर चेक जाँच गर्दा उनको खल्तीमा राखेको चाँदीको बाला १ थान र औँठी १ थान फेला परेको हो । पक्राउ परेका तमाङको बिषयमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


त्यसैगरी लागुऔषध सहित पर्साको वीरगन्जबाट अर्का एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा
वीरगन्ज महानगरपालिका ३१ घर भएका हिरालाल महतो रहेका छन् ।
महतोलाई लागुऔषध व्युरो शाखा वीरगञ्जको टोलीले लागुऔषध इन्जेक्सनसहित पक्राउ गरेको हो ।

पक्राउ परेका महतो सिमावर्ती शहर रक्सौलबाट लागुऔषध इन्जेक्सन डाइजोपाम ९० पिस, फेनार्गन ९० पिस नुर्फिन ९० पिस र निराभेट १० पत्ता खरिद गरी शरिरमा लुकाईछिपाई वीरगञ्ज जाँदै गरेको अवस्थामा प्रहरीले रजत जयन्ती चौकबाट पक्राउ गरेको छ ।

पक्राउ परेका महतोलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाइएको लागुऔषध ब्युरो शाखा प्रहरी सहायक निरिक्षक पुष्कर केसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button