सर्लाहीमा भएको सवारी दुर्घटनामा एक जनाकोे ज्यान गयो



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीमा बुधबार बेलुका भएको सवारी दुर्घटनामा एक जनाकोे ज्यान गएको छ ।
सर्लाहीको कौडेना गाउँपालिका–२ स्थित चिरान मिल अगाडि भारतीय बीआर ३० भी ९३७७ नम्बरको मोटरसाईकलबाट खसेर ७३ वर्षीया जानकी देवी लोहारको ज्यान गएको हो । गुडिरहेको मोटरसाइकलबाट एक्कासी खसेर गम्भीर घाईते भएकी उनलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगञ्जतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते मोटरसाइकल चालक गोडैता नगरपालिका–९, बकैनियाका १९ वर्षीय जीतेन्द्र ठाकुरको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी चौकी गोडैताले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button