प्रदेश नम्बर २ काे  नामाकरण र स्थायी राजधानी मतदानबाट टुंगाे लाग्ने



 प्रदेश नम्बर २ काे  नामाकरण र स्थायी राजधानीबारे  सर्वसम्मत निर्णय हुन नसक्दा मतदान प्रक्रियाबाट टुंगाे लाग्ने भएकाे छ   । चैत्र १ गते हुन लागेकाे प्रदेशकाे स्थायी राजधानी र नामकाे विषयमा सहमति जुट्न नसक्दा मतदान प्रक्रिया अपनाउनु परेकाे छ ।

सो निर्णयअनुसार जनकपुरधामलाई नै प्रदेशको स्थायी राजधानी बनाउने भनेर सर्वसम्मत निर्णय भएको थियो । तर प्रदेशको नामाकरणको सवालमा सत्तारुढ दल समाजवादी पार्टी र प्रमुख प्रतिपक्षी दल नेकपा र काँग्रेसले आ–आफ्नै अडान कायमै  राखेपछि चैत्र  १ गते प्रदेशकाे स्थायी  राजधानी र  नामाकरणकालागि मतदान गर्न लागिएकाे हाे  ।


यता नेकपा र काँग्रेसले  भने प्रदेशको नाम जेसुकै राखेपनि नामाकरणकाे अघि वा पछि  मधेश शब्द जोड्न सहमति जनाएका छन् ।

हाउसकाे बैठक फागुन ३० गते बसेर अावश्यक कार्यविधि बनाइ मतदानकाे तयारी गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button