प्रहरीले धनुषामा डीजे बाजा बजाउन रोक लगायो



मरो प्रदेश सम्वाददाता
धनुषा
घनुषा प्रहरीले धनुषामा डीजे बाजा बजाउन रोक लगाइएको छ । डीजे बाजाका कारण ध्वनि प्रदूषणका साथै शान्ति सुरक्षामा कायम गर्न खलल पुगेको भन्दै प्रहरीले यसमा रोक लगाएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी अधिकारीहरु, नागरिक समाज र डीजे व्यवसायीहरुबीच भएको छलफलमा डीजे बाजामाथि रोक लगाउने निर्णय भएको छ ।


यसअघि जिल्ला प्रशासन कार्यालय धनुषाले समेत डीजे बाजामाथि रोक लगाउने निर्णय गरेको भएपनि निर्णय कार्यान्वयन हुन सकेको थिएन । जिल्ला प्रशासनले यसअघि गरेको निर्णय कार्यान्वयन गराउने सम्बन्धमा डीजे व्यवसायीहरुसँगको छलफल पश्चात् पुनः यस्तो निर्णय गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।

शुक्रबार भएको छलफलमा कुनैपनि चाँड पर्व उत्सव महोत्सवमा डीजेका साथै ध्वनी प्रदुसन हुने अर्केष्ट्रा तथा नाचहरु समेत गर्न नपाइने निर्णय गरिएका छन् । उक्त निर्णयको उल्लंघन गरे तत्काल प्रहरीले नियन्त्रणमा लिइ कानुनअनुसार कारबाही गर्न सर्वसम्मतिले निर्णय भएको बताए ।
सरकारले २०६९ कात्तिक १३ गते राजपत्रमा सूचना प्रकाशन गरी ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ जारी गरेको थियो । सरकारले औद्योेगिक क्षेत्रमा दिनमा ७५ र रातमा ७० डिसेबल, व्यापारिक क्षेत्रमा ६५ र ५५ डिसेबल, ग्रामीण आवास क्षेत्रमा ४५ र ४० डिसेबल, सहरी आवास क्षेत्रमा ५५ र ५५ डिसेबल, मिश्रित आवास क्षेत्रमा ६३ र ४० डिसेबल र शान्त क्षेत्रमा ५० र ४० डिसेबल गरी ६ क्षेत्रको ध्वनिको सीमा निर्धारण गरेको छ ।
विशेषज्ञका अनुसार ध्वनि प्रदूषणले उच्च रक्तचाप र तनाव बढ्ने, श्रवण शक्ति गुम्ने, निद्रा नलाग्नेजस्ता समस्या निम्त्याउँछ । ध्वनि प्रदूषणले हृदयाघात, पक्षघात, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवतीलाई बढी असर गर्ने स्वास्थ्यकर्मीको बताउँछन् । धनुषामा डिजेका कारण एकपटक गोली समेत चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button