संघीय सरकार विरूद्ध प्रदेश नं २ काे सरकारकाे एक्सन

वीरगञ्ज चिनी मिलको जग्गा बिक्री गर्ने संघीय सरकारको निर्णयविरुद्ध प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले एक्सन लिने भएका छन् ।
मंगलबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा राउतले चिनी मिल प्रदेश सरकारकाे अधिकार क्षेत्र भित्र रहेकाेले संघिय सरकारले अाफ्नाे नि्र्णय नसच्याए यसकालागी अाफू अदालत सम्म जाने चेतावनी दिएका छन् ।
संघीय सरकारले पटक पटक प्रादेशिक क्षेत्राधिकारमा हस्तक्षेप गर्दै संघीयताको मर्ममाथि प्रहार गर्न खोजेको आरोप लगाए ।
संघीय सरकारले वीरगञ्ज चिनी मिलको ६ विघा जग्गा बिक्री गर्ने निर्णय केही दिन अघि गरेको थियो । हाल चिनी मिल बन्द अवस्थामा छ ।