चोरी पैठारीको लत्ताकपडा बरामद

मेरो प्रदेश सम्वाददाता
रौतहट
रौतहट जिल्लाको माधव नारायण नगरपालिका ६ स्थित माधोपुर सीमा ईलाकाबाट सशस्त्र प्रहरीको टोलीले दुई लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ। भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो। टोलीले बरामद गरेको लत्ताकपडा भन्सार कार्यालय रौतहटमा बुझाएको छ।