लागूऔषध सहित एक जना पक्राउ

मेरो प्रदेश सम्वाददाता
धनुषा
सशस्त्र प्रहरीले धनुषाको धनौजी गाउँपालिका ४ स्थित भडरीया नाकाबाट १५ बोतल एक्जीप्लोन सिरफ नामक लागूऔषधसहित एक जनानलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १ बस्ने ३८ वर्षीय आकाश राईन रहेका छन्।
मोटरसाईकलमा सवार राईनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ठाडीझिँजाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथबाटे लागूऔषध फेला परेपछि पक्राउ गरेको हो। एपीएफ टोलीले राईनले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ। पक्राउ परेका राईनलार्ई बरामद लागूऔषध र मोटरसाईसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाईएको छ।