बालिका बलात्कार गरेको अभियोगमा रौतहटमा एक बालक पक्राउ



मेरो प्रदेश सम्वाददाता
रौतहट
बालिका बलात्कार गरेको अभियोगमा रौतहटमा एक जना बालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा १४ बर्षिय बालक रहेका छन ।


बालकले यही फागुन १७ गते शनिबार फतुवा विजयपुर नगरपालिका ११ घर भई गुजरा नगरपालिका १ मा बस्दै आएकी एक ६ बर्षिया बालिकालाई एकान्तमा लगि बलात्कार गरेकोे प्रहरीले जनाएको छ ।

बलात्कृत बालिकाकी आमाले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा जाहेरी दर्ता गराएपछी बालक पक्राउ परेका हुन ।
बलात्कृत बालिकाको चन्द्रनिगाहपुर अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button