प्रतिएमबी ५ पैसामै चलाउन सकिने टेलिकमले ल्यायो लार्ज डाटा प्याक अफर



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
नेपाल टेलिकमले अहिले लार्ज डाटा प्याक उपलब्ध गराएको छ । यो प्याक एक पटक सब्स्क्राइब गरेपछि लामो समय सम्म चलाउन पाइन्छ प्याक तुलनात्मक रुपमा सस्तो पनी पर्दछ।
टेलिकमले ३० जीबी र ६० जीबी गरी दुई किसिमको डाटा प्याक उपलब्ध गराएको छ।
३० जीबीको प्याक आवश्यकता अनुसार ९० दिनसम्म चलाउन सकिन्छ। यस प्याकको मूल्य १ हजार ६ सय रुपैयाँ पर्दछ। त्यसैगरी ६० जीबी प्याक १ सय ८० दिनसम्म प्रयोग गर्न सकिन्छ। यसको मूल्य ३ हजार रुपैयाँ छ। यसरी प्याक प्रयोग गरी डाटा चलाउदा प्रतिएमबी करिव ५ पैसा मात्र खर्च लाग्छ। यो रकम करसहितको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button