विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी शिक्षक संघका केन्द्रिय उपाध्यक्ष गौरी मण्डल पक्राउ

मेरो प्रदेश सम्वाददाता
धनुषा
बिद्रोही विप्लवले नेतृत्व गरेको नेकपा निकट अखिल क्रान्तिकारी शिक्षक संघका केन्द्रिय उपाध्यक्ष गौरी मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ३ घर भएका ५० वर्षीय गौरी नारायण मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ५ सखुवनी खोला नजिकबाट प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ ।
धनुषाको महेन्द्रनगरमा प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान जानेगरी भएको बम विस्फोटमा मण्डलको संलग्नता देखिएको भन्दै प्रहरीले उनलाई खोजीको सूचीमा राखेको थियो । पक्राउ परेका मण्डलमाथी थप अनुसन्धान भइरहेको बताईएको छ ।