जुम्लाका रतनले प्रचण्डलाइ जुत्ताले हाने



वर्ग संघर्षकाे  भाषण मात्रै गर्ने  तर  व्यवहारमा लागु नहुने प्रचण्डकाे व्यवहारबाट वाक्क भएका जुम्लाका २२ वर्षीय रतन तिरुवाले उनी माथि जुत्ता  प्रहार गरेका छन् ।  अाइतबार सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  राष्ट्रिय सभा गृहमा  आयोजित भरतमोहन अधिकारीको स्मृति सभालाई सम्बोधन गरेर फर्किने क्रममा उनीमाथि लक्षित गरी  रतनले  जुत्ता  प्रहार गरेका हुन् ।


दर्शकदीर्घाबाट प्रहार भएको जुत्ता मञ्चसम्म पुग्न सकेन  र  प्रचण्ड लाइ  लागेन । तर उनैलाइ लक्षित गरी जुत्ता प्रहार भएपछि सभागृहमा खैलाबैला मच्चिएकाे थियाे ।  रतन पूर्वमाओवादी कार्यकर्ताका छोरा भएको खुलेको छ । रतनका बुवाले तत्कालीन माओवादीमा लागेका कारण ज्यान गुमाएका थिए,उनलाइ  तात्कािलन राज्य पक्षले मारेकाे थियाे ।

नेपालगञ्जमा अमिन पढेर हाल  काठमाडौंमा लोक सेवा आयोगको तयारी गरिरहेका रतनले ‘प्रचण्ड आउने भएपछि भाषण सुन्न गएका थिएँ ।  जनयुद्धकाे नाममा अाफ्नाे बाबु गुमाएका रतनले  प्रचण्डले  संघर्षको कुरा गरेकाे चित्त नबुझेपछि जुत्ता हानेकाे बयान प्रहरी समक्ष दिएका छन् ।  अहिले उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।

प्रचण्डमाथि जुत्ता प्रहार भएपछि सामाजिक सञ्जालमा यस कुरालाइ लिएर बहस सुरू भएकाे छ , यध्यपी रतनकाे पक्षमा धेरैले समर्थन जनाएका छन् । रतनमााथि सार्वजनिक कुटपिट सम्बन्धी मुद्दा चलाउने तयारी भैरहेकाे  छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button