धनुषाधाममा बिजुलीको पोलमा किचिएर बालकको मृत्यु



मेरो प्रदेश सम्वाददाता
धनुषा
धनुषामा बिजुलीको पोलमा किचिएर १० बषिय बालकको मृत्युु भएको छ । मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका ३ घर भएका विनोद गडेरीका छोरा आशिक गडेरी रहेका छन ।
स्थानीय धनुष आवासीय विद्यालयमा अध्ययनरत आशिक आइतबार दिउँसो ४ बजे विद्यालय विदा भएपछि घर फर्केर नजिकै जम्मा गरि राखिएको विजुलीको पोलमा खेल्न जाँदा किचिएको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ। बालक पोलमाथि बस्न खोज्दा ढलेर जिउमै किचिएपछि उनको घटना स्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ।
बालकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको प्रहरीले जनाएको छ। विद्युत प्राधिकरणको लापरवाहीले बालकको मृत्यु भएको भन्दै स्थानीयबासी आक्रोशित भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button