अज्ञात समुहको गोली प्रहारबाट यादव घाइते

मेरो प्रदेश संवाददाता
महोत्तरीको मनरासिस्वा गांउपालिकामा शनिबार राति अज्ञात सम’हले गोली प्रहार गरेका छन् । गोली प्रहारबाट घाइते महोत्तरीको मनरासिस्वा गांउपालिका वडा नं ३ सोनल घर भएका ६१ वर्षीय सहदेव प्रसाद यादव रहेका छन् ।
यादव शनिबार राति २ बजे शौच गर्न जाँदा अज्ञात समुहले उनको छातीको तल्लो भागमा गोली हानेर फरार थिए ।
गम्भिर घाइते उनलाई उपचारका लागी प्रदेशिक अस्पताल जनकप’रमा लगिएको छ । घटनाको विषयमा अन’सन्धान भैरहेको महोत्तरी प्रहरीले जनाएको छ ।