उदयपुरमा छोरीले गरिन् , क्रियापुत्री ,बुवाको अन्तिम संस्कार



मेरो प्रदेश सम्वाददाता
उदयपुर
रुढीबादी समाजको बिरुद्धमा उभिदै समाज परिवर्तनको पक्षमा रहेकी उदयपुरको त्रियुगा नगरपालिका – १२ डिएमगेटकी एक मधेसी छोरीले आफ्नो बुवाको क्रियापुत्री बसेर अन्तिम संस्कार गरेकी छिन् । उदयपुरमा मधेसी समुदायमा पहिलो पटक छोरीले यस किसिमको संस्कार गरेर समाज परिवर्तनको गतिलो उदाहरण दिएकी हुन् ।
गाईघाट घर भएका अनिलकुमार गुप्ताको निधनपछि उनकी छोरी १६ वर्षिया अनु गुप्ताले बुवाको क्रियापुत्री बसेर अन्तिम संस्कार गरेकी हुन् । छोरी अनुले नै आफनो जातीय धार्मीक संस्कार अनुरुप बुवालाई दागबत्ती (मुख अग्नी) पनि दिइकी छिन् । ३९ वर्षिय अनिलको अस्पतालमा निधन भएपछी उनकी एक्ली छोरी अनुले अन्तिम संस्कार गरेकी हुन ।
मधेसी समाजका अगुवा युवा राजकुमार शर्माका अनुसार समाज परिवर्तनको पक्षमा उभिएर छोरी अनुले आफनो बुवाको क्रियापुत्री आफै बसेकी हुन् । समाज रूपान्तरणको यो कदम उदयपुरको मधेसी समाजमा पहिलो भएको शर्माले बताए । उनको यो कदमलाई रौनियार समाजले स्विकार गर्दै सामाजिक परिवर्तनको नाम दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button