मानसिक स्वास्थ्य सेवा तालिम सुरु



मेरो प्रदेश सम्वाददाता
सप्तरी
सप्तरीको रुपनी गाँउपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई ६ दिने आधारभुत मानसिक स्वास्थ्य तालिम दिन आज देखी सुरु गरिएको छ ।
अहिले निकै विकराल समस्याको रुप बन्दै गएको मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्यामा रुपनी गाँउपालिकाले आफ्नो मातहतमा रहेका हेल्थ असिस्टेन्ट र सि.अ.हे.ब. अधिकृतलाई आधारभुत मानसिक स्वास्थ्य तालिम प्रदान गर्न लारिएको स्वास्थ्य शाखा प्रमुख रामनाराण यादवले बताए ।
उनले स्थानिय स्तरमा नै मानसिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको प्रस्ट पारे । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (सी.एम.सी नेपाल) को प्राविधीक सहयोगमा फागुन १६ गते देखि सुरु भएको तालिम २१ गते सम्म सञ्चालन हुने सी.एम.सी नेपालका कार्यक्रम अधिकृत हिमाल गैरेले जानकारी दिए ।
उद्घाटन कार्यक्रमका बक्ताहरुले पछिल्लो समयमा मानसिक समस्याले बिकराल रुप लिएका कारण जनतालाई स्थानीय स्तरमा नै सेवा प्रदान गर्नका निम्ती तालिम निकै उपयोगी हुने कुरामा जोड दिए ।
उनिहरुले अझै पनि समुदायका मानिसहरुको उपचारमा विश्वास नभएकाले जनचेतना जगाउनुका साथै औषधि उपचार गरी मानसिक रोग निको हुन्छ भन्ने सन्देश प्रवाह गर्न जरुरी रहेको बताए ।
९ जना हेल्थ असिस्टेन्ट, ६ जना सि.अ.हे.ब. अधिकृत गरी जम्मा १५ जना स्वास्थ्यकर्मीले तालिम प्राप्त गर्ने छन् । मानसिक रोग विशेषज्ञ डा. विद्यादेव शर्मा र सी.एम.सी –नेपालका मानसिक स्वास्थ्य संयोजक विष्णु प्रसाद प्रजापतिले कार्यक्रमम सहजीकरण गरिरहेका छन् ।


उक्त तालिम अन्तर्गत आइतबार र सोमबार रुपनीको रायपुर स्वास्थ्य चौकीमा मानसिक स्वास्थ्यको शिविर समेत सञ्चालन गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button