प्रदेश स्तरीय सहकारी अभिमुखीकरण तालिम बर्दिवासमा सम्पन्न



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीको बर्दिवासमा रहेको महिला केन्द्र बहुउदेश्य सहकारी संस्था लिमिटेडको आयोजनामा ५ दिने प्रदेश स्तरीय सहकारी अभिमुखीकरण तालिम बर्दिवासमा शनिवार सम्पन्न भएको छ ।
महिला केन्द्र बहुउदेश्य सहकारी संस्था लिमिटेडको आयोजना तथा भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्वर २ को सहयोगमा सञ्चालन भएको तालिममा
महिला केन्द्र बहुउदेश्य सहकारी संस्था लिमिटेड बर्दिवासकी अध्यक्षय सारदा दहालको अध्यक्षयता तथा भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्वर २ का सचिब डा. गोबिन्द प्रसाद शर्माको प्रमुख आथित्यतामा सम्मपन्न भएको तालिममा प्रदेश नम्वर २ भित्रका १८ वटा सहकारीका ३५ जना प्रशिक्षार्थी सहभागी थिए । तालिमको सहजिकरण राष्ट्रिय सहकारी बिकास बोर्डका सञ्चालक र।मचन्द्र कुशवाहा, प्रगतिशील सहकारी सञ्जाल महोत्तरीका अध्यक्ष लिलामणी आचार्य, भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्वर २ का अधिकृत ओमनारायण झाले सहकारीको अवधारणा, मुल्य मान्यता,सहकारीमा शेयर सदस्य र बचतको महत्व,पदाधिकारीको काम,कर्तब्य र अधिकार,क्रृण र यस्को ब्यवस्थापन, सहकारीमा सुसाशन , सहकारी र अन्य ब्यवसाय बिच फरक, सहकारी सञ्जाल र यस्का चरणहरु, सहकारीका पदधिकारीहरुको काम, कर्तब्य र अधिकार,सहकारी ऐन र नियमावली,सहकारी प्रवर्धनमा स्थानिय सरकारले खेल्नुपर्ने भुमिका,सहकारी सम्पति सुद्धिकरण सम्बन्धि कानुनी प्रावधान, ब्यवसायी कार्ययोजना लगायतका बिषयमा पशिक्षण दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button