आलु, मुगफली र केशोर खेती गर्ने किसानलाइ सास्ती



गोपाल प्रसाद बराल
महोत्तरी
गतमङ्गलबारको वर्षाले तयार भइसकेको आलु, मुगफली र केशोर लगाइएको जग्गामा माटो गिल्याएपछि किसानलाई सास्ती भएकोे छ । वर्षाले आलु, मुगफली (बदाम) र केशोर (माटोमा फल्ने तराइको मिठो र रसिलो फलबिशेष) खेती गर्ने महोत्तरीका किसानलाई सास्ती भएको हो ।
किसानले हाल खेत बारीमा लगाएको आलु, मुगफली र केशोर लगायतका तरकारी फलफुल खन्न नपाउँदै परेको पानी खेतबारीमा जम्दा अहिले तरकारी फलफुल माटोमै कुहिने किसानको चिन्ता छ । माटो मुनि फल्ने यि बाली लगाइएको खेतबारी गिलो भएकाले खन्नका लागि माटो सुख्खा हुनु पर्दछ। तर, माटो सुख्खा हुने समय पर्खदा आलु , मुगफली र केशोर माटोमै कुहिन सक्ने बर्दिवास नगरपालिका–६ मनहरिपुरका किसान बिन्देश्वर यादबले बताउछन ।
“तत्काल नगदे बाली रहेको फसल अब माटोमै कुहिने भयो” यादब चिन्तित हुँदै भने –, “गिलो माटो भएको यि बाली लगाइएको खेतबारीमा अहिले खन्ने स्थिति छैन, मुखमा आएको बाली नोक्सान भएको आँखाभरि हेर्नु परेको छ ।” अहिले आलु, मुगफली, केशोरसहित सखरखण्ड, सुठुनीलगायतका फसल पनि खन्न नपाउँदा किसान खिन्न भएका छन् ।
कतिपय किसान चैं माटो गिलो भएकै भएपनी खेतबारीमा आलु खन्न थालेका देखिएका छन् । बर्दिवास–७ कै फुलबारीटोलमा हिलाम्य खेतमै आलु खनी रहेका भेटिएका सो बस्तीकै किसान राजकुमार महतोले भने “सजिलो त छैन नि..! देखादेखी माटामै बाली गलाउनुभन्दा हिलोमै भएपनि खन्न थालेका हौं ।” माटो गिलो भएको खेतबारीमा यि फसल खन्दा जनशक्ति बढी लाग्ने, धुने, पखाल्ने काम बढी झण्झटिलो हुने र खनेको ठाउँमा माटो डल्लो परेर अर्को बाली तत्काल लगाउन नपाइने चिन्ता त छदैछ । जिल्लामा यि फसल नगदेबालिका रुपमा रुपमा लगाईन्छ । आलु सामान्यतया जिल्लाभरि नै बाक्लै लगाइने भएपनी केशोर, मुगफली, सखरखण्ड र सुठुनीजस्ता फसलभने जिल्लाको उत्तरीक्षेत्रका बर्दिवास, औरही, गौशाला र भङ्गाहा नगरपालिका लगाइने गरिएको छ ।
फागुन पहिलो साताभित्र खनी सक्नु पर्ने आलु, मुगफली,केशोर , सखरखण्ड र सुठुनीलगायतका फसल किसानले खन्न नभ्याउँदा अहिले हैरानी बढेको हो । जिल्लाका यि चार स्थानीयतहका करिब १०० बिघा जग्गामा आलु खन्न बाँकी रहेको देखिएको छ । यसबाहेक केशोर, मुगफली, सखरखण्ड र सुठुनीसहितका फसल पनि करिब ५० बिघाको खन्न बाँकी रहेका पारै नगर कार्यपालिकाका कृषि शाखाले जनाएको छ । पछिल्लो गतमङ्गलबारको बर्षाले हिंउँदे तेलहन, दलहन, लहरे र अन्य तरकारी बाली , पोटाउन लागेको गहुँ र उखुसहितका बालीलाई भने फाईदा पुगेकोे किसानको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button