छोराको हत्या गरेको अभियोगमा आमा पक्राउ



मेरो प्रदेश सम्वाददाता
पर्सा
छोरोको हत्या गरेको अभियोगमा पर्सामा एक आमा पक्राउ परेकी छन्। पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण रतनपुर घर भएकी उर्मिला देवी रहेकी छिन ।
पर्साको सिर्सिया नदीमा बालक प्रमोद साहको शव फेला परेपछि उनी पक्राउ परेकी हुन्। बिहीबारबाट एकै घरका तीन जना बालबालिका हराएको हल्ला चलिरहेको बेला वीरगन्ज महानगरपालिका १६ सिर्सिया खोलामा त्यसै मध्येका एक वर्षीय बालकको शव फेला परेको हो। दुई जनाको भने अवस्था अझै अज्ञात रहेको पर्सा प्रहरीले जनाएको छ। फेला परेको शवलाई पोष्ट मार्टमको लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए। मृतक बालककी दिदी अनुषा कुमारीले दिएको बयानका आधारमा उनकै आमा उर्मिला देवीमाथि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। उर्मिला देवीकै चार सन्तान मध्ये पाँच वर्षीय अमरदीप र ३ वर्षीय आसु कुमारीको भने अझै अवस्था अज्ञात रहेको प्रहरी नायव उपरीक्षक शाहीले बताए। उर्मिलाका श्रीमान वीरगन्ज महानगरपालिका ड्राइपोर्ट नजिकै लेथ कारखानामा काम गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान बाट खुलेकोे छ। मृतक एक वर्षीय प्रमोद साह पनि उर्मिला देवीकै कान्छो छोरो भएको खुल्दै छ। उर्मिलाकी जेठी छोरी आठ बर्षकी अनुषासँग सोधपुछ गर्दा आमाकै कर्तुत भएको जस्तो देखिन्छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button