घुससहित धनुषाका वडासचिव पक्राउ



मेरो प्रदेश सम्वाददाता
धनुषा
सेवाग्राहीसंग घूस लिइरहेको समयमा धनुषाको एक वडासचिवलाई आज अख्तियार दुरुपयोग अनुन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।


धनुषाको धनौजी गाउँपालिका वडा नं. २ का वडा सचिव सुशिल ठाकुरलाई २० हजार घुससहित अख्तियार दुरुपयोग अनुन्धान आयोगको टोलिले पक्राउ गरेको हो ।
जन्म प्रमाणित गराउन एक सेवाग्राहीलाई २० हजार रुपैयाँ घुस दिन भनेपछि गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले उनलाई रँगेहात उनकै कार्यकक्ष बाट पक्राउ गरेको हो ।

ठाकुरलाई अनुसन्धानको लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा लगिएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button