बाघ आतंकले स्थानिय त्रसित



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीको लालबन्दी नगरपालिका–१४, नारायणखोला क्षेत्रमा बाघको आतङ्कले स्थानीय वासिन्दा त्रसित भएका छन । सर्लाहीकै दुर्गम मानिने नारायणखोला स्थित डाईनी खोला क्षेत्रमा एक साताअघि देखा परेको बाघले मान्छे र चौपायलाई आक्रमण गर्न थालेपछि स्थानीय वासिन्दा त्रसित भएका हुन । बाघले एक हप्तामा एक जनालाई घाइते बनाएको छ भने दुईवटा गाई र छवटा बाख्रा मारिसकेको छ । अघिल्लो हप्ताको बुधबार घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका समयमा बाघको आक्रमणमा परेर डाईनी खोलाका २५ वर्षीय दूधराज तामाङ गम्भीर घाईते भएपछी उनको काठमाण्डौंमा उपचार भइरहेको छ । बाघले गत शनिबार स्थानीय कान्छामान गोङ्बाको दुईवटा गाई मारेको छ भने एउटा गाईलाई घाईते बनाएको छ। यसैगरी, बुधबार अपराह्न अर्का स्थानीय सनसरसिंह दोङको ६ वटा बाख्रा बाघले मारेको नारायण खोलाका स्थानीय अमर मगरले जानकारी दिए। यसरी बाघले धमाधम मान्छे र चौपायामाथि आक्रमण गर्न थालेपछि पूरै बस्ती त्रसित भएको नारायणखोलाका वडाध्यक्ष सुबाईसिंह ब्लोनले जानकारी दिए। डाइनीखोलाको अधेरी वन क्षेत्रमा बसिरहेको बाघले मान्छे तथा चौपाया जे देखे पनि झम्टिने गरेको छ। बाघको आतङ्कले रातदिन जाग्राम बसिरहेको डाईनीखोलाका स्थानीयहरुको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button