धान कुट्ने मिलको फित्तामा साडी बेरिँदा एक महिलाको ज्यान गयो



मेरो प्रदेश सम्वाददाता
पर्सा
पर्सामा धान कुट्ने मिलको फित्तामा साडी बेरिँदा एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा जिल्लाको धोबिनी गाउँपालिका ३ हरिहरपुर घर भएका रामनारायण ठाकुरकी ४२ वर्षीया श्रीमती ललिता देवी ठाकुर रहेकी छिन । धान कुटाउने सेलर मिलको फित्ता रहने फलामको सापटमा साडीको फेर बेरिएर ललिताको घटनास्थलमा नै मृत्यु भएको पर्साको प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए । ललिताको मृत्युपछी प्रहरीले शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाएको र घटनाबारे थप अनुसन्धान गरिरहेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button