अबैध घरेलु मदिरा बरामद गरि नष्ट



मेरो प्रदेश सम्वाददाता
सिरहा
प्रहरीले सिरहाको बरियारपट्टि गाउँपालिका १ कचनारी गाउँका विभिन्न स्थानवाट अबैध घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ ।
ईलाका प्रहरी कार्यलय महेसपुर पतारी र प्रहरी चौकी कचनारीको बाट खटिएको प्रहरीटोलीले कचनारी गाँउको विभिन्न ठाँउ बाट करिब ८ हजार लिटर अबैध मदिरा बरामद गरेको छ ।
हिन्दुहरुको नजिकिँदै गरेकोे होली पर्वमा अपराधिक घटना घट्न सक्ने भन्दै अबैध मदिरा नियन्त्रण तथा रोकथाम गरिएको हो । सिरहामा ८० प्रतिशत हिंसाका घटना मदिराका कारण घट्ने गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपि उमा प्रसाद चतुर्बेदी बताउछन् ।


घरेलु मदिरा उत्पादनमा धेरै जसो महिलाहरुकै सक्रिएता हुने गरेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button