वर्षाले रौतहटमा १५ करोडको ईटा नष्ट



मेरो प्रदेश सम्वाददाता
रौतहट
बेमौसमी वर्षा र असिनाले रौतहटमा करिब १५ करोड बराबरको काँचो ईटा नष्ट भएको छ ।
मंगलबार परेको पानी र असिनाले ईटा भट्टामा सुकाएर पोल्न राखेको ठूलो परिमाणको काँचो ईटा गलेर नष्ट भएको हो ।


जिल्लामा सञ्चालनमा रहेका १ सय ६१ ईटा उद्योगमा बेमौसमी वर्षाले १५ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।
त्यसैगरी बेमौसमी वर्षाले किसानले लगाएको बालीमा समेत ठूलो क्षति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button