राजविराज नगरका सडक जलमग्न



मेरो प्रदेश सम्वाददाता
सप्तरी
राजविराजका मुख्य सडकहरु सामान्य वर्षामा पनि जलमग्न हुँदा नागरिकले सास्ती भोग्नु परेको छ । मंगलबार राती भएको सामान्य वर्षाका कारण राजविराज नगरको मुख्य बजार गजेन्द्र चोक, अदालत रोड, सिरहा रोड, महाविर चोक, रुपनी बसस्टेण्ड लगायतका सडक जलमग्न हुदाँ बजारमा हिड डुलगर्ने नागरिकलाई सास्ती भएको छ । वर्षौदेखि टुटफुट ती सडकहरुमा ठूलठूला खाल्डाखुल्डी नपुरिएकोले पानी जमेको हो । पानीको उचित निकास नभएका कारण सडकमै पानी जमेको छ ।


सडकमा पानी जमेको कारण सवारी साधन, पैदल यात्रु तथा वरपर रहेका पसलहरु समेतलाई समस्या भोग्नु परेको कपडा व्यवसायी संघका अध्यक्ष थानसिंह भन्सालीले बताए ।
त्यसैगरी राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले चाडै सडकको स्तरोन्नती कार्य सुरु भएपछि पानीको निकास पनि गरीने बताए । उनले नगरका अधिकांश मुख्य सडकको अवस्था यस्तै रहेको भएपनि तत्काल मर्मत गरिने योजना नरहेको प्रस्ट पारे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button