जन्ती बोकेको बसबाट अवैध छोकडा र मरिच बरामद



मेरो प्रदेश सम्वाददाता
पर्सा
पर्सामा जन्ती बोकेको बसबाट प्रहरीले अवैध छोकडा र मरिच बरामद गरेको छ । पर्साको पोखरीया नगरपालिकाबाट वीरगञ्ज जन्ती बोकेर हिडेको बसबाट अवैध छोकडा र मरिच बरामद गरेको हो ।


पर्साको पोखरिया नगरपालिका–६ श्रीसियाबाट जन्ती बोकेर वीरगञ्ज हिडेको ना ७ ख ८४२१ नम्बरको बसबाट ३ क्वीन्टल ५० किलो छोकडा र दुई क्वीन्टल कालो मरिच बरामद गरेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।

जन्ती बोकेर हिडेको बसलाई कालिकामाई गाउँपालिका–२ भेडिहारीमा चेक जाँचगर्ने क्रममा अवैध छोकडा र मरिच बरामद भएको हो । अवैध रुपमा भारततर्फ छोकडा र मरिच तस्करी भइरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरिया र ईलाका प्रहरी कार्यालय कालिकामाईबाट खटिएको संयुक्त प्रहरी टोलीले छोकडा र मरिच बरामद गरेको जनाएको छ ।

छोकडा र मरिच नेपालमा भन्दा भारतमा दोब्बर मुल्यमा बिक्री हुने गरेकोले तस्करले पर्साको ग्रामीण नाका भएर तस्करी गर्दै आएका प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button